बैंकिङ क्षेत्रको कुल निक्षेप झण्डै ५५ खर्ब रुपैयाँ पुग्दा कर्जा कति ? (सुचीसहित)

लोकपथ
286
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप झण्डै ५५ खर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको यही बैशाख मसान्तसम्ममा सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५५ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ५४ खर्ब ९४ अर्ब ८७ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् ।

यो निक्षेप गत आवको सोही अवधिको तुलनामा पाँच खर्ब ४४ अर्ब तीन करोड ३० लाख रुपैंयाँले बढी हो ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैक र १७ वटा फाईनान्स कम्पनी सहितका ६१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ४९ खर्ब ५० अर्ब ८४ करोड १० लाख रुपैंयाँ रहेको थियो ।

चालु आवको बैशाख मसान्तसम्ममा बाँणिज्य बैंकहरुले मात्र भने कुल ४८ खर्ब ४२ अर्ब ८६ करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप गत आवको सोही अवधिको तुलनामा चार खर्ब ७० अर्ब तीन करोड ३० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुको यस्तो निक्षेप रकम ४३ खर्ब ७२ अर्ब १५ करोड १३ लाख रुपैंयाँ रहेको थियो । यसैगरी बिकास बैंकहरुले पनि चालु आवको १० महिनाको अवधिमा पाँच खर्ब ४४ अर्ब १६ करोड ८० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् ।

यो निक्षेप गत आवको सोही अवधिको तुलनामा ६४ अर्ब ७८ करोड ८० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुको कुल निक्षेप चार खर्ब ७९ अर्ब ३८ करोड रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो १० महिनाका फाईनान्स कम्पनीहरुले भने कुल एक खर्ब सात अर्ब ८४ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरेको छ । यो निक्षेप गत आवको सोही अवधिको तुलनामा आठ अर्ब ५३ करोड ६० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुको यस्तो निक्षेप रकम ९९ अर्ब ३० करोड ८० लाख रुपैंयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?