अस्थिरताको खेल हुन थालेपछि अध्यादेशबाट बजेट ल्याउन बाध्य भए : मुख्यमन्त्री कार्की

लोकपथ
91
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् ।

मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्दै पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन् ।

कार्कीले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनुभन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे ।

कोशी प्रदेशभित्र अस्थिरताको खेल शुरु भएको भन्दै मुख्यमन्त्री कार्कीले सोहीकारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताएका छन् । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?