कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदै

लोकपथ
130
Shares

काठमाडौं । कोशी प्रदेशसभा बैठक शुरु भएको छ । प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, तत्कालिन एमाले माओवादी गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा संकटमा परेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गरि ४६ मत छ,भने एमाले एक्लैको ४० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट रहेको छ ।

जनता समाजवादी पार्टी जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ ।

जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् । विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?