सम्भु सैनी / कपिलवस्तु । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कपिलवस्तुमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट आएका कांग्रेस कार्यकर्ताहरुले सदरमुकाम तौलिहवामा सरकारविरुद्ध नारासहित प्रदर्शन गरेका हुन् ।
खेल मैदानबाट शुरु भएको प्रदर्शन नयाटोल, गौढि चौक, भिक्षु चौक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी आई सभामा परिणत भएको हो ।
सभामा केन्द्रिय सदस्य अतहर कमाल, पूर्वमन्त्री दिपकुमार उपाध्याय, जिल्ला सभापति सुरेन्द्रराज लगायत जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया