कर्णाली प्रदेशसभाको बैठक स्थगित

लोकपथ
42
Shares

सुर्खेत । आज बस्ने भनिएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले विशेष कारणवश बैठक हुन नसकेको भन्दै सूचना जारी गरेका छन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिए ।

बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । सोही विषयलाई एमालेले लागातार संसदमा अवरोध गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?