‘हेयर स्टाइल’ चेन्ज गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुराहरु

सिर्जना मिश्र

काठमाडौं । सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिमा सुन्दरताको आ–आफ्नो परिभाषा हन्छ । 

सुन्दरता प्रति आकर्षित नहुने संसारमा प्रायः कम नै हुन्छन् । सुन्दरता आफ्नो पहिलो रोजाईमा पर्दैन भन्नेहरु पनि सुन्दर व्यक्तिहरु प्रति आकर्षित भइरहेका हुन्छन्  । 

सुन्दरता भन्ने वित्तिकै महिला भन्ने पनि बुझिन्छ । वास्तवमा सुष्टिका हरेक महिला कुनै न कुनै रुपमा सुन्दर हुन्छन् । केही व्यक्तिहरु यस्ता हुन्छन् जसलाई संसारभरका मानिसहरु सुन्दर मान्छन् । महिलाको सुन्दरतालाई नाप्ने कुनै यन्त्र त हुँदैन तर, अधिकांश मानिसको धारणाका आधारमा सुन्दरतालाई मापन भने गर्ने सकिन्छ ।

महिलाहरुको सन्र्दभमा कुरा गर्न हो भने उनीहरुको सुन्दरतामा  कपालको पनि मुख्य भूमिका हुन्छ । कस्तो हेयरस्टाइल आफूलाई सुहाउँछ भन्ने धेरै महिलाहरु जानकार हुदैनन् । सलोन जान्छन् उनी आफूलाई सुहाउँदो भन्दा पनि चित्रमा राम्रो देखिने खाल्को हेयर कट गर्छन् अनि आउँछन् । 

घर फर्कपछि उनीहरुलाई के नमिलेको जस्तो महशुस हुन्छ । कसैलाई त बेकारमा काटेछु जस्तो पनि लाग्छ । 

कपाल कटाईले मान्छेको व्यतिmत्वमा धेरै फरक पार्छ । कपाल काट्नु भन्दा अघि अनुहारको बनोटलाई ध्यान दिन जरुरी रहेको ब्युटिसियनहरु बताउँछन् । आफ्नो अनुहारको बनावटलाई कस्तो हेयर स्टाइल सुहाउँछ भन्ने थाहा भएपछि दक्ष व्युटिसियन कहाँ जानु जरुरी हुन्छ । 

राउड फेस भएकाहरुलाई सुहाउँने हेयर कट कस्तो हो त ? आउनुहोस जानौँः 

लामो हेयर स्टाइलः 

सामान्यतया आज भोली जो कोही लामो कपाल प्रति लालाहित हुने गरेको पाइन्छ । लामो तथा कुनै लेयर नभएको हेयर स्टाइलमा खासै फरक देखिदैँन तर, यो हेयर स्टाइलले तपाईको सुन्दरतामा अवश्य फरक पार्छ । यो हेयर स्टाइलमा तपाईको वर्ण अनुसार कपाल रङग्याउने हो भने अझ सुन्दर देखिन्छ । 

मिडियम हेयर कट स्टाइलः 

गोलो अनुहार भएकाहरुले वव कटले सुन्दर देखाउँछ । यो कटले फेसलाई स्लम देखाउन सहयोग गर्दछ ।

छोटो हेयर कटः

यो स्टाइलले तपाईको फेसको राउन्ड फेसलाई कम गराउँछ । वा देखाउँछ । यसले आँखालाई हाइलाइट गर्नुको साथै व्यतिmत्वलाई थप आकर्षक बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?