विश्वासको मत दिन आग्रह गर्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र

लोकपथ
63
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका छन् ।

कार्कीले विश्वासको मत लिनुअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् ।

उनले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका निम्ति पटकपटक सरकार परिवर्तन भइरहने घटनाले नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुने भएकाले सबै दलहरुलाई वश्विासको मत दिन आग्रह गरेका छन् ।

साथै उनले पाँच वर्षसम्म सरकार सञ्चालन कसरी गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको पनि बताएका छन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?