ललितपुर। ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्।
आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएपछि अधिवक्ता अमिर लामिछानेलाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो।
मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादका क्रममा लामिछानेले हातपात गरेको र मुखमा चोट लागेको तामाङको आरोप छ । तर लामिछानेले फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन्।
पक्राउ परेका लामिछानेमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया