काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञान, बुद्धि र विवेक हुने विद्यार्थी जहाँ पनि सफल हुने बताएका छन् ।
बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले गुरु र चेलाको सम्बन्धको परिभाषा नै फेरिएको बताएका छन् । उनले गुरु कुट्ने चेलाको मुद्दा सरकारले भाग लिन कार्य गलत भएको उल्लेख गर्दै विद्यार्थीले संस्कृति र शिष्टता विर्सन नहुने बताए ।
उनले ‘ हाम्रो देश जस्तो सभ्यताको जगमा उभिएको देशमा अहिले गुरु कुट्ने प्रवृत्ति छ । र त्यस्तो व्यक्तिहरुलाई साथ दिएर सरकारले मुद्दा फिर्ता लिन्छ । विद्यार्थीले शिक्षक कुट्न पाईन्छ भनेर भन्छन् । शिक्षक हाम्रो खालको होईन् रहेछ, शिक्षक हाम्रो खालको रहेछन् पड्काउन मिल्छ भनेर भन्छ सरकारले, मुद्दा फिर्ता लिन्छ । उनीहरुको नाम विद्यार्थी हुन्छ तर उनीहरु विद्यार्थी होईन्, बाहिर सडकका हुन्छन् । यस्तो संस्कारबाट हामी जोगिनु पर्छ । संस्कृति, शिष्टता अरुका लागि होईन्, आफ्नै लागि हो । ’
अध्यक्ष ओलीले नेपालमा विकासका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै बाटो, भवन र विश्वविद्यालय बनाउन आवश्यक रहेको बताएका छन् ।
उनले भने ‘ नेपालमा उत्पादन वृद्धिदर १० प्रतिशतभन्दा माथि लान सकिन्छ किनभने विकासको तह धेरै तल छ त्यसलाई माथि लान सकिन्छ । देशलाई माया नगर्ने जुन चलन छ, त्यो होईन् नयाँ पीडिले देशप्रति गर्व गर्नुपर्छ । हाम्रो शिक्षा जीवनोपयोगी र समाजमा उपयोग गर्न मिल्ने हुनुपर्छ । ’
राम्रो काम गर्न संगत पनि राम्रो मान्छेको चाहिने चर्चा गर्दै अध्यक्ष ओलीले नराम्रो संगतले नराम्रो नै फल दिने बताए ।
उनले भने ‘ अवसरले मानिसलाई प्रतिभावान बन्ने मौका दिन्छ । एउटा संकल्प हरेकले गर्न जरुरी हुन्छ । म राम्रो काम गर्छु, राम्रो मान्छे हुन्छु भनेर भन्न केही गारो छैन् तर त्यसमा काम गर्न गारो छ । म आग्रह गर्न चाहन्छु, राम्रो काम गर्नु संगत पनि राम्रो मानिसको गर्नु पर्छ । नराम्रोको संगतले नराम्रो तर्फ नै लान्छ । एउटा अठोट गर्नुस मेरो जीवनमा कुनै पनि पाईला नराम्रो काम तर्फ जाने छैन् सधैँ राम्रो कार्य तिर जाने छ । ’
अध्यक्ष ओलीले नेपाल कहिले पनि मरुभूमि हुन नसक्ने चर्चा गर्दै अत्यन्त रसिलो, उर्वर, जीवमय सबै जना बस्न सक्ने, असाधारण जीवमय धर्तीमा आफुहरु जन्मिएकाले यस्को दीगो विकासको सम्भावना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया