पाउलान त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विस्वासको मत ?

लोकपथ
234
Shares

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । बिहीबार विस्वासको मत लिनका लागि बैठक बोलाईएको छ । बैठक अपराह्न १ बजे बस्ने तय भएको छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, तत्कालिन एमाले माओवादी गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा संकटमा परेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गरि ४६ मत छ,भने एमाले एक्लैको ४० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट रहेको छ ।

एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकारमाथि विश्वासको संकट उत्पन्न हुँदा एमालेले राप्रपाको समर्थनमा कोशीमा सरकार जोगाउने प्रयत्न गरिरहँदा जसपा नेपालको निर्णयक समर्थन पाउने आशा राखेको छ ।

कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् तर, आवश्यक ४७ मत मध्ये एक मतको पूर्तिका लागि वर्तमान गठबन्धन समर्थक दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा आफ्नो सरकार टिकाउन जसपा नेपालबाट विश्वासको मत पाउने अपेक्षा राखेको मात्रै छैन् मुख्यमन्त्री कार्कीले आज विस्वासको मत पाउन विस्वासकै परिक्षा दिदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?