रामवीरको जिकिर : ‘वामदेव र मैले ओलीलाई यो हैसियतमा पुर्यायौँ, तर… (भिडियोसहित)

काठमाडौं । पूर्व सांसद रामवीर मानन्धरले एमाले नेतृत्वले आफूलाई अन्याय गरेको बताएका छन् । लामो समय पार्टीको लागि योगदान गरे पनि अन्ततः आफ्नो मूल्यांकन हुन नसकेको बताए ।

लोकपथ टिभीसँगको कुराकानीमा पूर्व राज्यमन्त्री समेत रहेका मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारले आफूजस्ता इमान्दार कार्यकर्ताले स्थान नपाएको भन्दै कटाक्ष गरे ।
तत्कालिन समयमा आफू र वामदेव गौतमले २० वर्ष लगाएर ओलीलाई यो हालतमा पुर्याए पनि आफूहरुलाई बाइपास गरेको टिप्पणी गरे ।

‘लगभग २० वर्षसम्म केपी ओली केही पनि होइन । २०७० साल आइसकेपछि केपी ओली ओली अध्यक्ष होइन संसदीय दलको नेता बने । संसदीय दलको नेता पनि वामदेव र म मिलेर बनाएको हो ।’ मानन्धरले भने ।

त्यस्तै अहिले आफू राजनीति भन्दा बाहिर रहँदा पनि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मान्ने गरेको बताए । प्रचण्ड बिना देशमा गणतन्त्र स्थापना गर्न सम्भव नहुने दाबी गर्दै अहिलेको समयमा प्रचण्डले देशलाई गतिदिन सक्ने जिकिर गरे ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?