एमालेको चलाखी, दीपक मनाङेलाई चिठ्ठा !

काठमाडौं ८ कात्तिक । मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा नेकपा एमालेले दिपक मनाङेलाई सघाउने भएको छ । एमालेबाट उम्मेद्वार बनेकी खण्डा लामाले एमालेबाट टिकट नपाएर स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन्। जिल्लाबाट सर्वसम्मत सिफारिश भएका मनाङेको सर्वत्र विरोध भएपछि पार्टीले लामालाई टिकट दिएको थियो । टिकट नपाएका मनाङेले आफूलाई जनताको साथ र माया भएको तथा जित्ने दाबी गर्दै स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए। तर लामाको उम्मेद्वारी फिर्ता र मनाङेलाई सघाउने एमाले निर्णयले पार्टी विवादमा नपरी दिपक मनाङेलाई सघाउने रणनीति अनुसारकै काम भएको चर्चा उत्तिकै छ । खण्डा लामाको उम्मेद्वारी फिर्तासँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ। मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए। भने एमालेबाट टिकट पाई उम्मेद्वारी फिर्ता लिएकी खण्डा लामा पनि राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?