नेकपा विश्वशान्ति, समझदारी र समृद्धिको पक्षमा छ: प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान कायम राखेको छ ।

सोमवार नेकपा प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको  सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने आफ्नो धारण कायम राखेको हो । 

आफ्नो पार्टी राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहिआएको भन्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाले  विश्वमा भएको सबै देशको सार्वैभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने बताए । 

प्रवक्ता श्रेष्ठले भने ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।' 

नेकपा विश्वशान्ति र समझदारी र समृद्धिको पक्षमा रहेको श्रेष्ठले दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?