काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ५ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनालाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।
ब्यूरोले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया