रघुजीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : ‘पहिला पनि प्रधानमन्त्री थिए मन्त्रीहरु थिए’

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, राम्रो कामको लागि सक्दो प्रयास गरिहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा, एमाले सांसद रघुजी पन्तले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले अहिले भइरहेका कामबाट आफू पूर्ण सन्तुष्ट नरहेको तर राम्रो गर्ने प्रयासमा रहेको बताए ।‘रघुजी पन्तले तपाई सन्तुष्ट हुनुहुन्छ प्रधानमन्त्री कार्यलय यो सबैबाट भन्नु भएको छ । वास्तवमा म सन्तुष्ट छैन । तर सन्तुष्ट हुन केही नयाँ गर्न चाहेको छु । ’

प्रधानमन्त्रीले भने ‘रघुजी जस्ता माननीय सदस्यहरुले राम्रो सुझाव दिनु भयो भने म पालना गर्छु ।’

त्यस्तै इपीजी प्रतिवेदन र भारतसंगको सिमा समस्याको विषयमा सरकारले गम्भिरतापूर्वक काम थालेको उनले बताए । ‘ इपीजी प्रतिवेदनमा यो पटक मैले आफ्नो ढंगले छलफल अगाडि बढाएको छु । र मलाई विश्वास छ केही समय भित्र यो बुझ्ने काम हुन्छ भन्ने विश्वास बोकेर आएको छु मैले । तर म माननीय ज्यूलाई के भन्न चाहान्छु भने अघि अघि पनि प्रधानमन्त्री थ्यो मन्त्रीहरु थिए उहाँहरुले सबै भ्याईदिएको भए त मैले गर्नै पर्दैन थ्यो नी । ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?