काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटबारे भएको छलफलमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले विकासको तुफान आइसक्यो नभनेको तर जसरी काम शुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने बताएका हुन् ।
जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव छैन भन्न मात्र खोजेको बताए ।
‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम शुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी शुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिं सक्छ छिट्टै ।’ प्रधानमन्त्रीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया