प्रेम सुवालको प्रश्न- ‘परराष्ट्र मन्त्रालयको काम राहदानी दिने हो की काम दिने ?’

लोकपथ
49
Shares

काठमाडौं । नेपाल किसान पार्टीका सांसद प्रेम सुवालले परराष्ट्र मन्त्रालयको काम राहदानी दिने हो की काम दिने भनेर प्रश्न गरेका छन् ।

आज प्रतिनिधि सभा बैठक प्रधानमन्त्रीसँग स्पष्टिकरण मागगर्दै उनले राहदानीको विषय उठाउदैँ परराष्ट्र मन्त्रालयको काम नेपाली युवालाई दिनको ६-७ हजार राहदानी दिने होकी काम दिने भनेर प्रश्न गरेका हुन् ।

उनले कालापानीकबाट भारतिय सेना हटाउने र एनसेलको पुँजीगत लाभकर छलीमा तीन प्रधानमन्त्री र तीन अर्थमन्त्री संलग्न भएको भनिएपनि कारवाही किन नभएको भन्दै स्पष्टिकरण माग गरेका छन् ।

उनले भने, ‘परराष्ट्र मन्त्रालयको काम नेपाली युवालाई दिनको ६-७ हजार राहदानी दिने हो की काम नै दिने हो । नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने र लिम्पिया धुरामा जनगणना गर्ने विषय किन भएन, नागरिकता खुलेको देश सिक्किम जस्तै बग्ने त होईन्, पूर्व कार्यवहाक महालेखा परिक्षक सुखदेव भट्टराईका अनुसार एनसेलको पूँजीगत लाभकर छलीमा तीन प्रधानमन्त्री र तीन अर्थमन्त्री संलग्न भएको भए कारवाही किन भएन्’

यस्तै, उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको लागि के कति बजेट विनियोजन गरिएको छ र ख्वप्प विश्व विद्यालयको विधेयक अर्थमन्त्रालयमै किन अड्कियो भनेर पनि प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?