जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने

लोकपथ
56
Shares

काठमाडौं । जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले जनाएका छन् ।

गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष राउतले बताए । ‘यो संसदको गरिमाको लागि पनि अपरिहार्य छ । डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनविना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक छ ।’ उनले भने ।

प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?