काठमाडौं । माधव सापकोटाले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयक निर्माणको काम सम्पन्न गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले यही संसद अधिवेशनबाटै विधेयक पास गरेर यो काम सम्पन्न गर्न माग गरे ।
‘विनीयोजन विधेयकको प्रकृया सम्पन्न भए लगतै सरकारले वेपत्ता पारिएको व्यक्तिको छानसविनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक टेवल गरिसकेको छ । हामी अर्को अधिवेशन नकुरिकन यो कामलाई पुरा गरौं । यो ज्यादै संवेदनशिल र महत्वपुर्ण जिम्मेवारी हो ।’ उनले भने ।
त्यस्तै उनले संघीयता कार्यान्वयनका आधारभूत काम सम्पन्न गर्न पनि उनले सदनको ध्यानाकर्षण गराएका छन् । उनले भने ‘संघीयता कार्यन्वयनका मुख्य सवालहरु संघीय निजामति कर्मचारी सेवा ऐन ,संघीय शिक्षा ऐन संघीय समायोजन ऐनहरु जस्ता महत्वपूर्ण ऐनहरुलाई अर्को अधिवेशन नकुरिकन सम्बन्धित पक्ष र मन्त्रालयहरु र सरकारले सदनमा टेवुल गरोस । हामी छलफल गर्न तयार छौं । यो विषय टुङगोमा पुगोस ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया