काठमाडौं । सांसद भिम आचार्यले विदेशमा बस्ने नेपालीले बच्चाको पासपोर्ट नपाएको भन्दै त्यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले , युरोप र मध्य पूर्वमा बस्ने नेपालीहरुले पासपोर्ट समयमै नबन्दा किरिया गर्न समेत नेपाल आउन नपाएको गुनासो गरेको उनले बताए ।
उनले भने ‘सरल ढंगले विदेशमा बस्ने नेपालीहरुले बच्चाको पासपोर्ट पाईरहेका छैनन् । जनशक्तिको अभावले फर्म भर्न पाईरहेका छैनन् । जम्मा आधा घण्टा फर्म खुल्छ । र महिनौ देखि प्रयत्न गर्दा पनि त्यो भर्न पाईरहका छैनन् । पासपोर्ट नपायर किरिया गर्न पनि आउन नसककेको गुनासो छ । ’
तत्काल समस्या समाधानका लागि पहल गर्न उनले सदन मार्फत सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया