काठमाडौं । नेकपा एमालेका सांसद महेश कुमार बर्तौलाले, विभिन्न पालीकामा खटिएका स्वास्थ्यकर्मीहरुको तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार प्रतिनिधसभाको बैठकमा उनले तीन सय भन्दा बढी पालीकाहरुमा स्वास्थ्य मन्त्रालयबाट समायोजन मार्फतपालीकामा खटाई तीन देखी १३ महिनासम्म तलब नदिएको भन्दै तत्काल तलब उपलब्ध गराउन माग गरेका हुन् ।
‘देशका तीन सय भन्दा बढी पालीकाहरुमा स्वास्थ्य मन्त्रालयबाट समायोजन मार्फत पालीकामा खटिएका छन् । सरकारलाई माग गर्छु तत्काल दुई हजार भन्दा बढि कर्मचारीहरु ३१३ पालीकामा स्वास्थ्यकर्मीहरु विभिन्न पदका छन् । जसले तीन देखी १३ महिना सम्म तलब पाएको अवस्था छैन् । अभिलम्ब ती स्वास्थ्य कर्मीहरुले तलब पाउने अवस्थाको सुनिश्चितता गरियोस् ।’उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया