काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले ६ महिनामा धेरै उपलब्धिमूलक काम गरेको दाबी गरेका छन् ।
प्रतिनिधि सभामा आज बुधबार उनले आफू नेतृत्वमा सरकार गठन भएको ६ महिना पुरा भएको र त्यसमा धेरै उपलब्धि हासिल भएको दाबी गरेका हुन् ।
उनले आफूले प्रधानमन्त्रीको रुपमा देशको बागडोर सम्हाल्दा मूलुक आर्थिक संकटको अवस्थामा रहेको भएपनि अहिले आर्थिक सुधारको बाटोमा उन्मुख भएको र राहदानी निर्माण, राष्ट्रिय परिचय पत्रलगायतमा देखिएका समस्या समाधान भएको दाबी गरे ।
‘राहादानी लिन त्यस्तै सकस थ्यो । विचौलीयालाई हजारौं तिरेर र हप्तौं लाईन बसेर ठुलो प्रतिक्षा पछि मात्र राहदानी हात पथ्र्यो । अहिले राहादानी विभाग अगाडी भिड छैन । आवेदन दिन कुनै विचौलीया चाहिँदैन् । ’ उनले भने ‘आफनै मोवाईलबाट निवेदन दिन सकिन्छ । पछिल्ला ७ महिनामा मात्र १८ लाख ४ सय ३१ विद्युतीय राहदानी विररण भएको छ । राष्ट्रिय परिचय पत्रमा पनि ठुलो सुधार आएको छ ।’
त्यस्तै उनले श्रीलंकाको जस्तो गम्भिर अर्थिक संकटतर्फ उन्मुख मुलुकको अर्थतन्त्रले अहिले राम्रो लय समातेको उनको दाबी छ । ‘हामीले सरकार सम्हाल्दा गम्भिर प्रकारका आर्थिक समस्या थियो। एउटा भाष्य बनेको थियो आम रूपमा । नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो ।’ उनले भने ‘यो भाष्य वौद्धिकवर्गमा मात्र सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रीलंकाको तस्बिरले सिंगो देशलाई आशंकित पारेको थियो। एक हदसम्म त्रसित बनाएको थियो। जतिसुकै निराशावादी पनि श्रीलंकाको दुस्वप्नबाट जागिसकेको छ।’
उनले आफूले विश्वासको मत माग्दा नै हरेक पटक रिपोर्टकार्डका साथ उपस्थित हुने बाचा गरेको भन्दै सांसदले उठाएका सबै प्रश्नको जवाफ दिने बताए ।
उनले भने ‘ मेरो नेतृत्वमा सरकार गठन भएको ६ महिना पुरा भएको छ । ६ महिनालाई सरकारको समिक्षाको अवधि मान्ने प्रचलन त नेपालमा छैन । मैले विश्वासको मत माग्दैगर्दा हरेक पटक रिपोर्ट कार्डका साथ उपस्थिती हुने भनेर भनेको थिँए । र आज त्यही बाचा अनुसार सांदहरुले उठायको प्रश्नको जवाफ दिन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया