असार २४ गतेदेखि सरकारी भुक्तानी रोकिने

लोकपथ
63
Shares

काठमाडौं । असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो ।

संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम (७) र (८) बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिन अघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?