यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकपथ
609
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७६ पैसा र बिक्री दर १६७ रुपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रि दर ८८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?