यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई

लोकपथ
56
Shares

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष सोलुखुम्बुका डा. मिङमार गेल्जेन शेर्पाले पाउने भएका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय पुरस्कार शेर्पाले र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार मकवानपुरको निरु कुमारी मगरलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

राष्ट्रिय पुरस्कार छनोट समिति संयोजक रामशरण प्याकुरेलले दुवै पुरस्कारको राशि एक-एक लाख रुपैयाँ हुने जानकारी दिए ।

आफ्नो सेवाको अधिकांश समय स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट बन्चित रहेको समुदायलाई सेवा पुर्याए वापत शेर्पालाई पुरस्कृत गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

विगत ४५ वर्षदेखि निरन्तर मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराई स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा शेर्पाको योगदान रहेको बताइएको छ ।

त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडिहरूको नयाँ पुस्ता तयार गर्ने कार्यमा हालसम्म पनि निरन्तर योगदान पुर्याएकोले मगरलाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार दिने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ ।
खेलकुद क्षेत्रको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यमा उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल महिला व्यक्तित्वको रुपमा मगरलाई पुरस्कृत गर्न लागिएको बताइएको छ ।

दुबै पुरस्कार ७२ औँ मदन जयन्तीको अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरीनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?