संवैधानिक आयोगका पाँच प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान

काठमाडौं । सरकारले विभिन्न पाँच वटा संवैधानिक आयोगमा लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । 

संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले विभिन्न पाँच वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफरिस गरेको थियो । परिषद्को बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा बालनन्द

पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम मियाँ अन्सारीको नाम सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्बाट प्रस्तावित संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ संसदीय समितिले गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप अध्यक्षमा सिफारिस ५ व्यक्तिविरुद्ध सोमवार उजुरी आह्वान गरिएको हो ।

वटै आयोगमा सिफारिस अध्यक्षको सुनुवाइ प्रक्रिया थाल्दै समितिले उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । उजुरी कार्यालयमा उपस्थित भएर, फोन तथा इमेलमार्फत दिन सकिने सुनुवाइ समितिले जनाएको छ । 

उजुरीदिने उजुरीकर्ताले आफ्नो परिचय स्पष्ट खुलाउनु पर्ने छ भने सूचनादाताले परिचय खोल्न नचाहेमा त्यसलाई गोप्य राख्ने समितिले जनाएको छ । 

माघ २१ देखि फागुन १ गतेसम्म उजुरी दिन समितिले सबैमा आग्रह गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?