काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले सरकारले जग्गा किन बेचमा रोक नलगाएको बताएकी छन् ।
मंगलबार सांसदमा उठेको प्रश्नको जवाफ दिँदै उनले सरकारले भूमिको दिगो विकास र उपयुक्त व्यवस्थापनको प्रयास गरेको भएपनि जग्गा किन बेचमा कुनै रोक नलगाएको बताइन् ।
‘सरकारले जग्गा किन बेचमा रोक लगाएको छैन । भूमिको दिगो विकास उपयुक्त व्यवस्थापनका लागि भू उपयोग नियमावली जारि भएको छ र संशोधनको तयारी भईरहेको छ , बजेट तथा कार्यक्रममा बजेट विनीयोजन नभएतापनि नापि र कालपोत कार्यलयहरु एकिकृत गर्न आवश्यक पर्ने पुर्वाधार निमार्ण लगायतका कार्यहरु अगाडी बढाईरहेको छ ।’ उनले भनिन् ।
‘सिमा व्यवस्थापनको लागि कुटनीतिक पहलहरु भईरहेका छन् । भुमिहीन दलित सुकुम्बासिहरुलाई लालपुर्जा वितरणको लागि राष्ट्रिय भुमि गठन भई कार्य भईरहेको छ । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया