रास्वपाकाे अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । रास्वपाले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ ।

रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए ।

बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?