काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
नेकपाले सोमबार बिहान १० बजेका लागि बैठक बोलाएको सचिवालयले जनाएको छ । भेनेजुएलाबारे नेकपाले सार्वजनिक गरेको धारणा विवादमा परिरहेका बेला नेकपा बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, भेनेजुएला प्रकरण र पार्टी एकताको थाती कामबारे छलफल हुने नेकपा अध्यक्ष ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टी एकताका विषयमा बाँकी विषय टुंग्याउनका ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन भने तयार पारिरहेको छ ।
गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया