जसपाको विधान अधिवेशनको अन्तिम दिन : अध्यक्ष यादवले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने

लोकपथ
35
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशनको आज सकिदैँछ । आज अधिवेशनको अन्तिम दिन छलफलमा उठेका प्रश्नहरूको अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।

आइतबार शुरु भएको विधान अधिवेशनमा अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदामा हिजो १० वटा समूहमा छलफल भइ धारणा राख्ने क्रम शुरु भएको थियो ।

आज उक्त समूहबाट आएको विचार र प्रश्नहरुको अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको छ ।

अधिवेशनमा एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?