११ फाल्गुन २०८०, शुक्रवार

तीन महिनामा पाँच अर्ब ६५ लाख राजश्व

२०७४,कार्तिक,८,बुधबार ०९:०३

0
Shares

चितवन, ८ कात्तिक ।आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आवको तीन महिनामा रु पाँच अर्ब ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ ।गत आर्थिक वर्षको तीन महिनाको तुलनामा एक रु अर्ब ४० करोड ७८ लाख ६ हजार बढी राजश्व संकलन भएको हो ।कार्यालयका कर अधिकृत डिल्लीराम पौड्यालकाअनुसार गत आवको साउनदेखि असोजसम्ममा रु तीन अर्ब ४४ करोड २५ लाख २२ हजार राजश्व संकलन भएको थियो । गत आवमा लक्ष्यभन्दा १०९.६९ प्रतिशत उपलब्धि हासिल भएको थियो ।चालु आवको तीन महिनामा रु चार अर्ब ५४ करोड ६२ लाख १३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११०.१३ प्रतिशत बढी राजश्व संकलन भएको पौड्यालले बताउनुभयो । चालु आवको तीन महिनामा आयकर लक्ष्यको ८९.३२ प्रतिशत, घर बहाल कर १२२.७५ प्रतिशत, ब्याजकर ८१.८३ प्रतिशत, मूल्य अभिवृद्धि कर १०६.४० प्रतिशत, अन्तशुल्क ११२.४८ प्रतिशत, स्वास्थ्य सेवा कर ८५.६५ प्रतिशत र शिक्षा सेवा कर ११६.५५ प्रतिशत संकलन भएको छ ।असोज महिनामा मात्रै कार्यालयले रु एक अर्ब ८१ करोड ५८ लाख ५४ हजार राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको असोज महिनामा रु एक अर्ब १४ करोड २० लाख ६९ हजार राजश्व संकलन भएको थियो ।यस क्षेत्रमा मदिरा उद्योग बढी भएकाले अन्तःशुल्क रकम सबैभन्दा बढी हुने गर्दछ । गत तीन महिनामा अन्तःशुल्क मात्रै रु चार अर्ब २५ करोड ७६ लाख ५२ हजार संकलन भएको कार्यालयले जनाएको छ ।कर अधिकृत पौड्यालकाअनुसार करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, कर्मचारीको सक्रियता बढ्नु, उद्योग वाणिज्य संघ, उद्योग संघलगायतका संघ संस्थाको सहयोगका कारण लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न कार्यालय सफल भएको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०९:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको

ताजा समाचार

एमालेले गर्यो संसद बैठक अवरुद्ध
 २०८०,फाल्गुन,११,शुक्रवार ११:४४
एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
 २०८०,फाल्गुन,११,शुक्रवार ११:१८
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
 २०८०,फाल्गुन,११,शुक्रवार १०:३४
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
 २०८०,फाल्गुन,११,शुक्रवार १०:२५