दिव्येश्वरी हाईड्रोको शेयर बिक्री प्रर्वन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

लोकपथ
21
Shares

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड शेयर बिक्री प्रर्वन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले शत् प्रतिशत अर्थात हाल कायम चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनीबिच आईतबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?