काठमाडौं । लागू औषध दुर्व्यसन र अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुनका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सोमबार एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको छ ।
यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौं, रुपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोट लगायत जिल्ला शाखाहरुले विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम आयोजना गरेका थिए । यसैगरी शान्ति समाज सुनसरी शाखाले असार ५ गते लागू औषध दुर्व्यसन विरुद्धमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको थियो ।
त्यस क्रममा शान्ति समाजद्वारा तयार गरिएको लागू औषध दुर्व्यसन विरुद्ध अभियान शिर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो । अवधारणापत्रमा मूलतः युवा पुस्तालाई बाट जोगाउने उद्देश्यले लागु औषध दुर्व्यसन मुक्त विद्यालय, लागु औषध दुर्व्यसन मुक्त समुदाय र लागु औषध दुव्र्यसन मुक्त कार्य स्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिकाबारे उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ महासभाद्वारा ७ डिसेम्वर १९८७ मा प्रस्ताव पारित गरि दुर्व्यसन मुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले हरेक वर्ष २६ जुनका दिन लागू औषध दुव्र्यसन र अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
मानव अधिकार तथा शान्ति समाजले एक दशक अगाडिदेखि लागू औषध दुर्व्यसन विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी यातना पिडितहरुको सहायतार्थ राष्ट्रसंघीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया