काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् ।
धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन् ।
‘यो सरकारको आयु कति भनेर पनि मिडियामा हुने नहुने, तपाईँहरूले हेर्नुभएको होला, सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा गठबन्धनसँग लगातार भएको बैठकहरू र प्रतिपक्षसँग पनि भएको बैठकको आधारमा पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन। हेर्नुहोला।’ प्रधानमन्त्रीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया