सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक : रक्षामन्त्री खड्का

लोकपथ
91
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् ।

मन्त्रालयगत बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री खड्काले सुरक्षा परिषद्को सिफारिसमा सरकारले सेनाको संख्याबारे निर्णय गर्ने कानुनी व्यवस्था रहेकाले सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका हुन् ।

‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको सङ्गठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको ब्यहोरा माननीय सदस्यहरूलाई अवगत नै छ । त्यसैले हाम्रो नेपाली सेनाको सङ्ख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहु प्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु’  उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?