काठमाडौं । नेपाली कांग्रेसमा सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणमा उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको भन्दै किन ढिलाइ भयो भन्दै प्रश्न गरेका हुन् ।
‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महाखेलापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा थुप्रै विषय जोडिएका छन्, टीकाटिप्पणीको रूपमा आएका छन् । यसको छानबिनका निम्ति संसद्ले छानबिन समिति बनाओस् र यसले निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस् ।’ उनले भनेका छन् ।
संसदमा यसअघि पशुपतिनाथको जलहरीमा भएको अनियमितताबारे सांसदले बोल्दा रेकर्डबाट हटाउन लगाएको कुराले पनि आमसर्वसाधारणमा सही सन्देश नगएको सांसद पौडेलको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया