काठमाडौं । काठमाडौंको भोटेबहालमा दुई जना मृत फेला परेका छन् । इनारमा डुबेर दुई जनाको मृत्यु भएको हो ।
इनारबाट पानी तान्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
मृत्यु हुनेमा ३६ वर्षीय दिपेन लिम्बु र २२ वर्षीय जितेश गुरुङ रहेका छन् । मोटर निकाल्न दिपेन इनारामा इनारमा पसेपछि उनलाई बचाउन जितेश पनि इनार भित्र गएका थिए । सोही क्रममा उनीहरुको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया