काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल गरेकी छिन् ।
आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डस मा लेखाउन सफल हुनुभएकोमा विकास बैंकले आज मिती २०८० जेठ ८ गते सम्मान कार्यक्रमको आयोजना गरी उनको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्र प्रदान गरेको छ । सो सम्मान–पत्र बैंकका अध्यक्ष श्री चिन्तामणि भट्टराईज्यूले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गरेका छन् ।
किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफुले २८ औं पटक आरोहण गरेको जानकारी दिएका छन् । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि. लाई गौरवान्वित बनाएको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया