सोमबार पुनः २४ अर्ब ११ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ११ गते अर्थात सोमबार पुन २४ अर्ब ११ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको लागि आवहान गरेको छ ।

सो दिन अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार जारी मिति असार १२ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् । यसरी बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको चार अर्ब, ९१ दिने अवधिको १० अर्ब ११ करोड २५ लाख, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० साउन नौं गते, २०८० असोज नौं गते, २०८० पुस १० गते र २०८१ असार १२ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।

यसरी बिक्री गरिने ट्रेजरी बिलहरुमा ९१ दिने अवधिको १० अर्ब ११ करोड २५ लाख रुपैंयाँ मध्ये तीन अर्ब ६१ करोड रुपैंयाँको ट्रेजरीबिल नयाँ रहेपनि बाँकी भने सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन् । गत साता पनि राष्ट्र बैंकले ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?