अर्जुन नरसिंहकाे चातुर्यता, राप्रपा उम्मेदवार नै कांग्रेस भित्र्याए

नुवाकोट, ८ कात्तिक । पुर्व सांसद तथा हाल राप्रपा राष्ट्रबादीका तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे(श्रेष्ठ)ले कांग्रेस प्रवेश गरेकी छिन् । उनले कांग्रेस नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुन नरसिंह केसीलाई जिताउन लागिपर्ने समेत बताएकी छिन् । उनले राप्रपा राष्ट्रवादीबाट निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबै समर्थन केसीलाई रहेको घोषणा गरेकी हुन् । श्रेष्ठले बुधबार एक बक्तव्य जारी गर्दै आजकै मितिबाट लागु हुनेगरी राप्रपा राष्ट्रबादीको साधारण सदस्य लगायत कुनैपनि तहमा नरहनेगरी आफ्नो नाम झिकिदिन भनेकी छन् । उनले बुधबारै निर्वाचन आयोगमा पनि उम्मेदवारी फिर्ता लिएको सुचना दर्ता गराएकी छन् । श्रेष्ठले आफुले गहन विष्लेषण र सुभेच्छुकहरुको सल्लाह एवं सुझाव अनुसार मुलुकको ऐतिहासिक र पुरानो लोकतान्त्रिक आन्दोलनको प्रतिक नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने निर्णय लिएको जनाएकी छन् । श्रेष्ठ नुवाकोटको विदुर नगरपालिकाकी श्रेष्ठ गत ७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट समानुपातिक सभासद बनेपनि केही दिनअघिमात्र राप्रपा राष्ट्रबादीमा प्रवेश गरेकी थिइन् । केसीले प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दिएको नुवाकोट–२ मा बामगठबन्धको तर्फबाट एमालेका नारायण खतिवडा प्रतिद्धन्द्धीको रुपमा चुनावी मैदानमा खडा छन् । बाम गठबन्धन भएपनि केसीको व्यक्तित्वका कारण उनको पक्षमा तीब्र माहोल रहेको बताइन्छ । यसैबेला राज्यलक्ष्मी जस्तो प्रभावशाली नेतृ राप्रपाको तर्फबाट उम्मेदवारी त्यागेर अर्जुन नरसिंह केसीको पक्षमा लाग्नुले उनलाई ठूलो राहत भएको बताइन्छ । ०७०को संविधानसभाको निर्वाचनमा केसी १७ हजार ३४६ मतका साथ विजयी भएरका थिए भने अहिले फेरि फलाकिलो मतान्तरका साथ विजयी बन्ने धूनमा रहेका छन् । बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, बिदुर नगरपालिका मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका मिलाएर नुवाकोट क्षेत्र नम्बर २ बनाइएको हो । यहाा कुल मतदाता १ लाख २ हजार ८९७ रहेको तथ्यांक छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?