काठमाडौं । पर्सामा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।
वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट स्रोत नखुलेको ८ लाख नेपाली रूपैयाँसहित बारा प्रसौनी गाउँपालिका-२ बस्ने ३३ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनरुवा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना. २८ प ९००८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया