काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ५० वर्षीय बुल बहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया