बालेनको ‘बुक फ्रि फ्राइडे’ अभियान : विभिन्न विद्यालयमा जे देखियो (तस्बिरसहित)

लोकपथ
169
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केही महिना अघिदेखि ‘बुक फ्रि फाइडे’ को अवधारणा ल्याएका छन् ।

महानगरभित्र पर्ने विद्यालयहरुमा हरेक शुक्रबार बालबालिकाहरुलाई किताब बिना विभिन्न सिपमूलक कार्यक्रमहरु सञ्चालन हुँदै आइरहेको छ ।

शुक्रबार काठमाडौं महानगर अन्तर्गत भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल), कोटेश्वरमा रहेको सरस्वती माध्यामिक विद्यालयमा ‘शिक्षामा सिप’ अन्तर्गत मोबाइल र विद्युतीय सामान, घरमा तार र बिजुली जडान लगायतका कार्यक्रम सञ्चालन भएका छन् ।
त्यस्तै कागजको प्रयोगबाट विद्यार्थीहरुले चराको मोडेल निर्माण गर्दै विभिन्न प्रकारका चरा चिन्न र भन्न सक्ने सिप सिकाइएको छ ।

मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै आफ्नो सचिवालयले सो विषयमा अनुगमन गरेको जानकारी दिएका छन् ।

त्यसो त कतिपय समयमा मेयर बालेन आफैँ विद्यालयमा पुगेर त्यस्ता कामको अनुगमन गर्ने गरेका छन् ।

तस्बिर : मेयर शाहको सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?