आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई

लोकपथ
52
Shares
;f+;b e§/fO{ sf7df8f}F, * c;f/ M k|ltlglw;efsf] z’qmaf/sf] a}7sdf ljleGg dGqfnodf ljlgof]lht vr{ s6f}tL ul/of]; egL k|:tfj k|:t’t ub}{ ;f+;b of]u]z e§/fO{ . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाडौं । सांसद योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताएका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उनले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिँदै नयाँ विमानस्थल थप्न आवश्यक छैन भने।

उनले देशभर अधिकांश स्थानमा सडक सञ्जालसँगै यातायातको पहुँच पुगेको जनाउँदै आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्ने बताए । “५५ विमानस्थलमध्ये केही सञ्चालनमा छैनन् र हुनसक्ने अवस्थामा पनि छैनन् । यस्तो अवस्थामा नयाँ विमानस्थल थप्ने कि नथप्ने, यो एउटा ठूलो नीतिगत प्रश्न”, उनले भने, “यो नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिँदो ठाउँमा विमानस्थल थपिँदैछ । जुन ठाउँबाट ४५ मिनेटको यातायातको दूरीमा अर्को ठूलो विमानस्थल छ ।”

उनले पर्यटकीय दृष्टिकोणले महत्वपूर्णस्थल सुकेटार, तुम्लिङ्टार, लुक्ला, जोमसोम, जुफाल, सिमकोट र ताल्चा विमानस्थलको स्तरोन्नति गर्न सुझाव दिएका छन् । यस्तै भरतपुर र सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद भट्टराईले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक कम्पनी’का रुपमा लैजानुको विकल्प नभएको जनाउँदै उनले निगममा अनावश्यक कर्मचारी भर्ना गरिएको र मन्त्री किरातीले नाफाको विषयमा गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?