पाँच वटा संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षको सुनुवाई आज

काठमाडौं । सरकारले विभिन्न पाँच वटा संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षको सुनुवाई आज हुँदैछ । 

आइतवार बिहान ११ः३० बजे सिंहदरबारमा संघीय संसदको सुनुवाई समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षको सुनुवाई पक्रिया शुरु गर्ने भएको हो । संवैधा

निक परिषद्को गत माघ ६ गते बसेको बैठकले विभिन्न पाँच वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको थियो । परिषद्को बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा बालनन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

त्यस्तै आज बस्ने समितिको बैठकले प्रस्तावित अध्यक्ष विरुद्ध उजुरीको समय दिने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

यसैगरी आयोगमा अन्य चार जना सदस्य रहने व्यवस्था भएपनि सदस्यको भने टुङ्गो लाग्न बाँकी छ । 

संविधानमा व्यवस्था भएका अन्य तीन वटा आयोग राष्ट्रिय महिला आयोग, दलित आयोग र समावेशी आयोगको अध्यक्ष चयन हुन बाँकी छ । 

यसैबीच प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ । 

सरकारले गत  भदौ ५ गते रिक्त रहेका विभिन्न ८ वटा संवैधानिक आयोगमा अध्यक्षसहित चार–चार सदस्यको पद प्रर्ति गर्नुपर्ने जानकारीसहित सूचना निकालेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?