काठमाडौं । तत्कालिन एकीकृत समाजवादीकी सचिव एवं समाजवादी मोर्चाकी नेतृ रामकुमारी झाँक्रीले भर्खरै घोषणा गरिएको समाजवादी मोर्चाप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।
पूर्वमन्त्री समेत रहेकी झाँक्रीले अहिले कम्युनिष्ट एकता गर्न लागेको भनेर समाजवादी मोर्चा घोषणा गरिए पनि त्यसले बामपन्थी एकता हुन नसक्ने दाबी गरिन् ।
लोकपथ टिभीसँगको कुराकानीमा नेतृ झाँक्रीले नेतृत्व तहमा छलफल नै नगरी बनाइएको समाजवादी मोर्चाले दीर्घकालिन काम गर्न नसक्ने टिप्पणी गरिन् ।
उनले समावादी मोर्चाले तत्कालका लागि केही उदेश्य भए पनि दीर्घकालिन रुपमा कुनै योजना नभएकाले आफू एकीकृत समाजवादीमै रहेर काम गर्ने बताइन् ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया