१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको बैठकको कार्यसूचीको १० नं मा उपराष्ट्रपतिको कार्यालयको शीर्षकमाथिको खर्चलाई पनि सूचीमा राखिएको थियो । तर राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय शीर्षकको पुस्तिका कुनै सांसदहरुलाई नदिइएको भन्दै प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । उनले उक्त पुस्तिका नल्याइएसम्म बैठक अघि बढ्न नदिने बताएका थिए ।

सो क्रममा सभामुख देवराज घिमिरेले आफूहरुले खर्चका बारेमा जानकारी गराउन आग्रह गरेको तर नआएको बताएका थिए । आफूहरुले विनियोजन विधेकयमाथिको छलफललाई छिट्टै टुंग्याउन लागेको भन्दै बैठक अघि बढाउन आग्रह गरेका थिए ।

तर सचेतक बर्तौलाले समयमै पुस्तिका उपलब्ध नभए उक्त विषयमा छलफल गर्न नसकिने बताएका थिए ।

बैठक अघि बढाउन नसक्ने चेतावनीपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?