२६ श्रावण २०७९, बिहीवार

अर्जुन नरसिंहलाई ठूलो राहत, राप्रपाको उम्मेदवार नै कांग्रेस प्रवेश

२०७४,कार्तिक,८,बुधबार ०८:३६

0
Shares

नुवाकोट, ८ कात्तिक ।पुर्व सांसद तथा हाल राप्रपा राष्ट्रबादीका तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे(श्रेष्ठ)ले कांग्रेस प्रवेश गरेकी छिन् । उनले कांग्रेस नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुन नरसिंह केसीलाई जिताउन लागिपर्ने समेत बताएकी छिन् ।उनले राप्रपा राष्ट्रवादीबाट निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबै समर्थन केसीलाई रहेको घोषणा गरेकी हुन् ।श्रेष्ठले बुधबार एक बक्तव्य जारी गर्दै आजकै मितिबाट लागु हुनेगरी राप्रपा राष्ट्रबादीको साधारण सदस्य लगायत कुनैपनि तहमा नरहनेगरी आफ्नो नाम झिकिदिन भनेकी छन् ।उनले बुधबारै निर्वाचन आयोगमा पनि उम्मेदवारी फिर्ता लिएको सुचना दर्ता गराएकी छन् ।श्रेष्ठले आफुले गहन विष्लेषण र सुभेच्छुकहरुको सल्लाह एवं सुझाव अनुसार मुलुकको ऐतिहासिक र पुरानो लोकतान्त्रिक आन्दोलनको प्रतिक नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने निर्णय लिएको जनाएकी छन् ।श्रेष्ठ नुवाकोटको विदुर नगरपालिकाकी श्रेष्ठ गत ७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट समानुपातिक सभासद बनेपनि केही दिनअघिमात्र राप्रपा राष्ट्रबादीमा प्रवेश गरेकी थिइन् ।केसीले प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दिएको नुवाकोट–२ मा बामगठबन्धको तर्फबाट एमालेका नारायण खतिवडा प्रतिद्धन्द्धीको रुपमा चुनावी मैदानमा खडा छन् ।बाम गठबन्धन भएपनि केसीको व्यक्तित्वका कारण उनको पक्षमा तीब्र माहोल रहेको बताइन्छ । यसैबेला राज्यलक्ष्मी जस्तो प्रभावशाली नेतृ राप्रपाको तर्फबाट उम्मेदवारी त्यागेर अर्जुन नरसिंह केसीको पक्षमा लाग्नुले उनलाई ठूलो राहत भएको बताइन्छ ।०७०को संविधानसभाको निर्वाचनमा केसी १७ हजार ३४६ मतका साथ विजयी भएरका थिए भने अहिले फेरि फलाकिलो मतान्तरका साथ विजयी बन्ने धूनमा रहेका छन् ।बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, बिदुर नगरपालिका मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका मिलाएर नुवाकोट क्षेत्र नम्बर २ बनाइएको हो । यहाा कुल मतदाता १ लाख २ हजार ८९७ रहेको तथ्यांक छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०८:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल

सुर्खेत । ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बिहीबार दिउँसो ४ बजेबाट सिंहदरबारमा मन्त्रिपरिषद बैठक

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२