काठमाडौं । काठमाडौंबाट भारतको राजस्थानका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
उक्त बसमा ३४ जना सवार रहेका थिए । जसमध्ये १९ जना घाइते भएका छन् भने १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा एक १२ वर्षीय बालक रहेका छन् ।
केहीबेरअघि गल्छी मोडमा बस दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी (सिडियो) बद्रीनाथ गैरेले लोकपथलाई जानकारी दिए ।

‘गल्छी मोडमा काठमाडौंबाट भारतको राजस्थानका लागि छुटेको बस दुर्घटना भएको छ । ३४ जना सवार रहेका मध्ये १९ जना घाइते र एक जनाको मृत्यु भएको छ ।’ उनले भने ।
घाइतेहरुको गल्छी अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया