गोरखामा शुक्रबार भएको गाडी दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित सिलिङ कोटस्थित दुलहीको घरमा टिकाटालो गरेर सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित ताप्लिङ फर्किने क्रममा स्थानीय अमलडाँडा भन्ने स्थानमा टाटा योद्धा गाडी दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी दिनेशराज भुसालले जानकारी दिए ।
गाडीमा १९ जना सवार रहेको प्रारम्भिक जानकारी आएको र त्यसमा सवार ५ जनाको शव फेला परेको उनले बताए । उनले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार जारी राखेको जानकारी दिए । उनका अनुसार घाइते १२ जनालाई उपचारका लागि तनहुँको आँबु खैरेनी पठाइएको छ ।
शुक्रबार बिहान १ बजेतिर भएको दुर्घटनास्थल दुलहीको घरबाट केही मिटरको दूरीमा मात्रै रहेको बताइएको छ ।
उनले मृतक र घाइतेको विवरण खुल्न बाँकी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया